असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

राजा भर्तृहरिका केही अमर वाणीहरु



१. गुप्तरुपले दान गर्नु, घरमा आएका पाहुनालाई आदर गर्नु अरुलाई राम्रो काम गरिदिएर मौन रहनु, अन्य उपकारीको सभामा नै उल्लेख गर्नु, धन पाएर गर्व नगर्नु, निन्दा विना अरुको वयान गर्नु, सज्जनहरुलाई यस प्रकारको तरवारको धारमा चल्नु समानको कठिन व्रत लिनुपर्दछ ।

२. हातमा प्रशंसनीय दान, शिरमा गुरुचरण आशीर्वाद, मुखमा सत्य वचन, विजयी पाखुरामा अतुलनीय शक्ति, हृदयमा स्वच्छ भावना र कानमा सुनेको कुरा यी सबै महापुरुषका आभूषण हुन् — जो विना धन सम्पत्ति नै प्राप्त हुन्छन् ।

३. आफ्नो उत्तम चरित्रले पितालाई प्रसन्न गर्ने पुत्र, सदा पतिको भलो चाहने पत्नी र आपत्ति र सुखमा समान व्यवहार गर्ने मित्र — यी तिनै कुरा संसारमा पुण्यात्माहरुलाई मात्र प्राप्त हुन्छन् ।

४. आफ्नो मित्रलाई पापकर्मबाट रोकी हितकर्ममा लगाउँछ, गोप्य कुरा लुकाउँछ र सद्गुणको प्रचार गर्दछ, आपत्ति परेमा साथ दिन्छ र समयमा आवश्यकता पूरा गर्दछ सज्जनहरुले यस्ता मित्रलाई असल मित्र भन्दछन् ।

५. जो आफ्नो स्वार्थ त्यागेर अरुको भलाइ गर्दछन् ती सत्पुरुष हुन्, जसले स्वार्थलाई विरोध नगरी अरुको भलाइमा तत्पर छन् ती सामान्य हुन् । जसले स्वार्थको लागि अरुको हितमा विघ्नबाधा गर्दछन् ती मनुष्य रुपमा राक्षस हुन् तर जसले विना प्रयोजन अरुको हित नष्ट गर्छन् ती को हुन् ? थाहा छैन ।

६. नीति जान्नेहरुले निन्दा गरुन् या प्रशंसा गरुन्, लक्ष्मी आऊन् या आफ्नो इच्छा अनुसार जाऊन्, आजै मृत्यु होस् वा युगान्तरमा होस् तापनि धीर मानिस न्यायसङ्गत मार्गबाट एक कदम पनि विचलित हुँदैनन् ।

७. स्वार्थको वशीभूत हुँदा राजनीतिले मित्रलाई शत्रु र शत्रुलाई मित्र बनाइदिन्छ ।

साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

प्रकाशित मिति : जेठ १४, २०७९ शनिबार  ६ : ५७ बजे