असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

फिल्ममा अभिनय गरेको भन्दा आइटम डान्स गरेको बढी पारश्रमिक लिन्छिन् मलाइका



काठमाडौं – बलिउडकी अभिनेत्री मलाइका अरोरा फिल्ममा अभिनय भन्दा पनि आइटम डान्सबाट चर्चामा छिन् । हरेक फिल्मको आइटम डान्समा उनकै प्रशंसा हुने गर्छ । उनी अहिले फिल्ममा अभिनय भन्दा पनि आइटम डान्स मात्र गर्न रुचाउने गर्छिन् ।

उनले फिल्ममा अभिनय गरेको भन्दा आइटम डान्स गरेको बढी पारश्रमिक लिने गरेको चर्चा पनि छ । ‘मुन्नी बदनाम’ र ‘अनारकली’जस्ता सुपरहिट आइटम नम्बर दिएकी मलाइकाको पारश्रमिक सुनेर अन्य अभिनेत्रीले डाहा गर्न थालेको पनि बताइएको छ ।

एक रिपोर्टका अनुसार मलाइकाले कुनै पनि आइटम नम्बरका लागि मोटो रकम लिएकी छिन् । उनले एउटा आइटम नम्बरका लागि करिब १.७५ करोड भारु लिने गरेकी छिन् । सन् २०२१ मा मलाइकाको नेटवर्थ ७३ करोड रुपैयाँ थियो भने २०२२ मा अभिनेत्रीको नेटवर्थ १०० करोड रुपैयाँ रहेको थियो ।

हालै मलाइका करणको बर्थडे पार्टीमा देखिएकी थिइन् । जब मलाइका पार्टीमा पुगिन् सबैको नजर उनीमाथि नै थियो । उनी नियोन ग्रीन कलरको लुज ब्लेजर र सर्टमा देखिएकी थिइन् ।

प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार  ८ : ४३ बजे