असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

शाहिद कपुरको हिट फिल्म ‘कबीर सिंह’ को सिक्वेल बन्ने



काठमाडौं – बलिउडका चर्चित अभिनेता शाहिद कपुर फिल्म ‘कवीर सिंह’ बाट निकै चर्चामा आए । उनलाई यस फिल्मले नै धेरै हिट बनायो । सन् २०१९ मा रिलिज भएको यस फिल्ममा उनले अभिनेत्री कियारा आडवाणीसँग रोमान्स गरेका थिए ।

यो फिल्मले त्यतिबेला बक्सअफिसमा पनि धमाकेदार कमाई गर्न सफल भएको थियो । ३ बर्षपछि भने यो फिल्मको सिक्वेल बनाउने तयारी गरिएको छ । भारतिय मिडियाका अनुसार फिल्मका निर्माताद्वय मुराद खेतानी र भुषण कुमार सिक्वेलको तयारीमा छन् ।

यसको खुलासा उनीहरुले फिल्म ‘भूल भुलैया २’ को सफलतामा गरेका हुन् । कार्तिक आर्यन र कियारा आडवाणीको फिल्म भूल भुलैया २ को निर्माता पनि मुराद र भुषण नै हो । सञ्चारमाध्यमहरुकासँगको कुराकानीमा उनीहरुले कवीर सिंह को सिक्वेल आउने बारे बताएका थिए ।

प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार  ७ : ०७ बजे