असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

थप १२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ – कोरोना भाइरसको संक्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२४ रहेको छ ।

विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार  ४ : २१ बजे