असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

जब श्रीरामले अत्रि मुनिलाई भेटे, आशुले भिजेका थिए राम लक्ष्मण



आफ्ना पिता महाराज दशरथको वचन निभाउन जब श्रीराम वनवासमा निस्किए त्यसको लामो समय उनी पत्नी सीता र भाई लक्ष्मणका साथमा चित्रकूटमा रहे । त्यस समयमा उनलाई चिन्नेहरुको भिड लाग्न थालेपछि श्रीराम आसपासका ऋषि मुनिलाई समस्या हुने ठानेर त्यहाँबाट जाने निर्णय गरे ।

श्रीरामले चित्रकूट छाड्ने निर्णय लिएपछि त्यहाँका ऋषि मुनीलाई भेट्दै बिदा हुने आज्ञा मागे । यसै क्रममा जब उनी अत्रि मुनिको आश्रम पुगे श्रीराम आएको खबर सुनेर मुनिश्री खुशी हुदैँ द्धारतर्फ दौडिए ।

यसरी अत्रि मुनि दौडदै आएको देखेर श्रीराम पनि पाउँ बढाउँदै उनका नजिक पुगे । श्रीरामले मुनिवरको छेउमै पुगेर उनलाई दण्डवत प्रमाण गरे । श्रीरामले प्रमाण गरेको देखेर मुनिवरले उनलाई अंकमाल गरे । यो क्रममा अत्रि मुनिको आँखाबाट प्रेमको आशु बग्यो । यस आशुले श्रीराम र लक्ष्मण दुबै नुहाए सरी भिजेको धार्मीक मान्यता छ ।

यता माता सीताले पनि अत्रि मुनिकी पत्नी अनसूयाको चरण स्पर्श गर्दै ढोग गरीन् । यस क्रममा अनुसुयाले सितालाई आशीष दिदै नजिक बसाई बडो भावका साथ कुरा गरेको शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति : जेठ १३, २०७९ शुक्रबार  ६ : २८ बजे