काठमाडौं – मोरङको लेटाङ नगरपालिकाभित्रका विद्यालयमा आइतबार पनि पठनपाठन हुने भएको छ । नगरपालिकाले एक महिना ढिलोगरी शैक्षिक सत्र शुरू भएकोले सरकारले हप्तामा २ दिन बिदा तोके पनि नगरपालिकाका विद्यालयमा शनिवार मात्र बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले विद्यालय सञ्चालन गर्ने बारे एक विज्ञप्ति जारी जानकारी गराएको छ । नगरपालिकाका उपसचिव कृष्णराज राईले विज्ञप्तिमा एक महिना ढिलोगरी शैक्षिक सत्र शुरु हुन गएको अवस्थालाई मध्यनजर गर्दै जेठ ११ गतेको बैठकको निर्णय अनुसार आइतबारदेखि शुक्रबारसम्म नै पठनपाठन गराउने निर्णय गरिएको बताएका छन् ।
प्रतिक्रिया