असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सलमानको फिल्म ‘कभी इद कभी दिवाली’ मा साउथ स्टार जगपति, डरलाग्दो भिलेनमा देखिने



काठमाडौं – बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’को चर्चा फेरि शुरु भएको छ । यस फिल्ममा अभिनय गर्ने कलाकारको बिषयमा अहिले चर्चा भइरहेको छ ।

फिल्ममा दक्षिण भारतीय दुई कलाकार पनि प्रबेश गरिसकेका छन् । फिल्ममा भिलेनको भूमिकामा दक्षिण भारतीय अभिनेता जगपति बाबू प्रबेश गरिसकेको भारतिय मिडियामा बताइएको छ ।

दक्षिण भारतीय फिल्महरुमा जगपतिको अभिनय रुचाउने धेरै छन् । उनी यस फिल्ममा पनि निकै डरलाग्दो भिलेनको रुपमा देखिने बताइएको छ । उनी यस फिल्मका लागि अहिले निकै मेहनत गरिरहेका छन् ।

जगपति फिल्मको हैदराबाद सेड्युलको सुटिङमा जोडिने बताइएको छ । फरहाद सामजीको निर्देशन रहने फिल्ममा जहीर इकबाल, शहनाज गिल, दक्षिण भारतीय स्टार वेंकदेश दग्गुबाती, अभिनेत्री पूजा हेगडे लगायत छन् । फिल्म सन् २०२३ को इदमा रिलिज हुने बतायएको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ८ : ५५ बजे