असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

शाहरुख खानले आफ्नो घरमा ४० लाखको टिभी छ भनेपछि …



काठमाडौं – बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । बलिउडका बादशाह भनेर पनि चिनिने शाहरुखका फ्यान फलोइङ पनि करोडौं छन् । उनलाई हाईहेलो गर्न पनि उनको घर अगाडि दिनहुँ फ्यानहरु आउँछन् ।

तर हालै उनको एउटा यस्तो भिडियो भाइरल भइरहेको छ जसका कारण उनका फ्यानहरुले नै आक्रो पोखिरहेका छन् । फिल्म ‘पठान’ र ‘डंकी’का कारण चर्चामा रहेका बेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उक्त भिडियोका कारण फ्यानहरु नै रिसाएका छन् ।

शाहरुख २३ मे मा दिल्लीमा एक कार्यक्रममा सहभागी भएको बेला उनले मिडियासँग कुरा गर्दै आफ्नो घर बारे कुरा खोलेका थिए । उनले आफ्नो घरमा ३०-४० लाख रुपैयाँसम्मको टिभी मात्र रहेको बताएका थिए । त्यसपछि प्रयोगकर्ताले उनलाई ट्रोल गरिरहेका छन् ।

कार्यक्रममा उनले भने – ‘मेरो घरको लिभिङ एरियामा एउटा टिभी छ र एउटा मेरो बेडरूममा छ । मेरो कान्छो छोरा अब्रामको कोठामा टिभी छ र आर्यनको कोठामा पनि छ। यसबाहेक मेरी छोरीको कोठामा छुट्टै टिभी छ । सोही अनुसार घरमा ११–१२ वटा टेलिभिजन छन् ।’ उनले थपे – ‘हरेक टेलिभिजनको लागत करिब एक लाख वा डेढ लाख रुपैयाँ पर्छ। सो अनुसार मैले टिभीमा करिब ३०-४० लाख रुपैयाँ खर्च गरेको छु ।’

यो कुरा सुनेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाआइरहेको छ । धेरैले शाहरुखलाई देखाउने बानी छ, जुन कहिल्यै हट्दैन भन्दै कमेन्ट गरेका छन् ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ७ : ४५ बजे