काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण नभएको बताएका छन् ।
बिहिबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा ठाकुरले सो कुरा गरेका हुन् । उनले निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताए ।
उनले भने – ‘गोली चलेकै हो, महोत्तरीको मटियानीमा हाम्रो नेता कार्यकर्तामाथि आक्रमण भएकै हो’आफूहरुले आन्दोलन गरिरहदा पनि नागरिकताविहीनलाई नागरिकता दिने विषयमा नीति तथा कार्यक्रम मौन बसेको उनको भनाई छ ।
उनले आफ्ना नेता कार्यकर्तामाथि गोली चलाउनेमाथि कारबाही नगरिएर बढुवा गरेको भन्दै सुरक्षाकर्मीलाई सुरक्षा दिने हतियार दिएको कि जनतामाथि प्रहार गर्न भन्दै उनले प्रश्न पनि गरे ।
प्रतिक्रिया