काठमाडौँ– निलम्बित प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जवराको इजलासले गरेको कैद मिनाहा सम्बन्धि एक फैसला सर्वोच्च अदालतको पूर्ण इजलासले उल्टाइदिएको छ ।
पत्नी हत्याको अभियोग पुष्टि भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्दै ८ बर्षमा झार्ने सर्वोच्चको फैसला कामू प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्ट्याएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
कोइराला यसअघि साढे ८ बर्ष बसेर कारागारबाट रिहा भइसकेका छन् । उनी अझै साढे ११ बर्ष जेल बस्नुपर्नेछ । पूर्ण इजलासले यसअघिको फैसला उल्टाउँदै जन्मकैदकै सजाय नै सदर हुने फैसला गरेको प्रवक्ता पौड्यालले जानकारी दिए ।
दुई वर्षअघि तत्कालिन प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासको कोइरालाको जन्मकैदलाई घटाएर साढे ८ बर्षमात्र बसे पुग्ने गरि सिमित गरेको थियो । त्यसलगत्तै उनी कैदमुक्त भएका थिए भने फैसलाको चौतर्फी आलोचना भएको थियो ।
कैद घटाउने फैसलामाथि चौतर्फी प्रश्न उठेपछि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो ।
प्रतिक्रिया