असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

फिल्म ‘लण्डन टु पेरिस’ मा अनुबन्धित भइन् गरिमा



काठमाडौं – मोडल गरिमा शर्माले फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनय गर्ने भएकी छिन् । उनले फिल्ममा मूख्य भूमिकाको लागि अनुबन्धित गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।

फिल्ममा अभिनयको लागि गरिमाले निर्माण कम्पनी एबी इन्टरनेसनलसँग सम्झौता पनि गरिसकेकी छिन् । यात्राको क्रममा हुने प्रेममा आधारित हुने यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमाको समानान्तर भूमिका हुने निर्देशक लामिछानेले बताएका छन् ।

फिल्ममा अभिनेताको खोजी भइरहेको र यो पनि आउँदो सातासम्म हुने उनले बताए । फिल्म लन्डन, म्यानचेस्टर, वेल्स लगायतका स्थानमा छायांकन हुनेछ । फिल्मको पटकथा प्रदीप भारद्वाजको रहेको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ५ : ४० बजे