असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

बालेनमाथि नै बन्यो गीत



काठमाडौँ– ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनको समर्थन र मेयर बनेपछी राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

युट्युब च्यानेल ऊबेला (wubela) मार्फत् सार्वजनिक यो गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास, अठोट र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदातालाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।

राम्रो कामको प्रशंसा गर्नाले अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्ने भन्दै प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने भएकाले यो गीत सिर्जना गरेको उनले बताए ।

ऊबेला सांगीतिक समूहमा नित्य र उनका बाल्यकालका साथी सुकदेव केसी छन् । गत महिना ९०को दशकमै तयार भएको तर हालसालै मात्र निकाल्न सकिएको भनेर ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ५ : १२ बजे