असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

काठमाडौं महानगर : अब ७०० मत गन्न बाँकी



काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार अब करिब ७०० मत गन्न बाँकी छ ।

अहिले काठमाडौं-१४ को गणना भइरहेको छ । उक्त वडामा १० हजार ५६२ मत खसेकामा अब ७०० मत मात्र गन्न बाँकी रहेको जनाइएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को जित निश्चित भइसकेको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ४ : ५८ बजे