श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

नेपाली चलचित्र घनचक्करको ट्रेलर सार्वजनिक



काठमाडौँ– नेपाली चलचित्र घनचक्कर को ट्रेलर सार्वजनिक भएको छ।

यस चलचित्रमा अभिनेता सौगात मल्ल , सलोन बस्नेत र अभिनेत्री कस्मिरा लामाको मुख्य भूमिका रहेको छ।

भट्ट एंड सन्स प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्रमा दिपेन्द्र राजोपाध्याको निर्देशन रहेको छ भने करुणा अर्याल र संगम भट्टको निर्माण रहेको छ।

असार १० गते रिलिज हुने चलचित्रमा जेबी डिसि , शिशिर भण्डारी , आशान्त शर्मा , सरोज खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

 

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ३ : २५ बजे