असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

गायक स्वरुप राज आचार्यको ‘खोजी हिँडे’ सार्वजनिक



काठमाडौँ– गायक स्वरूपराज आचार्यको स्वरमा नयाँ गीत खोजी हिँडे सार्वजनिक भएको छ ।

गीतको भिडियोमा पछिल्लो समय समाजमा घटिरहेको बलात्कार जस्तो जघन्य अपराधको घटनालाई उठान गरि बनाइएको छ।

यस गीतलाई भामा देवकोटा शर्माको लेखेकी हुन् भने विष्णु तामाङले संगीत दिएका छन्।

भिडियोमा भने डा प्रमोद शर्मा र अमृता श्रेष्ठको साथमा खेमनाथ खनालको समेत अभिनय रहेको छ । यस भिडियोमा बसन्त सापकोटाको निर्देशन रहेको छ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ११ : २१ बजे