असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

बालेनले कटाए ५९ हजार मत



काठमाडौं– काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको मात्र मतगणना बाँकी रहेको छ ।

अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार बढी मतको अग्रता लिएका छन्। बालेनले ५९ हजार १४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले ३७ हजार ५४२ मत पाएका छन् । यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन् ।

उमपेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ । डंगोलले अहिलेसम्म ५३ हजार ६४२ भोट ल्याउँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ७६७ मत पाएका छन् ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ९ : ४१ बजे