असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

रौतहटको थप २ पालिकामा काग्रेस विजयी



रौतहट– रौतहटको १८ वटै पालिकाको नजिता सार्वजनिक भएको छ ।

पछिल्लो गरुडा र फतुवा विजयपुर नगरपालिकाको मत परिणाम सार्वजनिक भएपछि रौतहटको १८ वटै पालिकाको नतिजा सार्वजनिक भएको हो ।

रौतहटको फतुवा विजयपुरमा नेपाली काग्रेसले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ भने गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

फतुवा बिजयपुरमा कांग्रेसका गोपाल राय यादबले नगरप्रमुख पदमा ४ हजार ८५१ मत र उपप्रमुख पदमा अमदेबा खातुनले ५ हजार १६२ मत प्राप्त गरी विजयी भएका हुन् । नगर प्रमुख र उपप्रमुखमा उहाँहरुको निकटतम प्रतिद्वन्द्वीमा एमालेका विजय यादवले ३ हजार ३६१ मत र उपप्रमुखमा ३ हजार ६६८ मत प्राप्त गरेका छन् ।

यस्तै, गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमणी प्रसाद कलवारले ४ हजार ५६४ मत र उपप्रमुखमा कांग्रेसका पुनम कुमारी चौधरीले ६ हजार ७०३ मत प्राप्त गरी विजयी भएका हुन् ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ९ : ०१ बजे