असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बेहुलाको गहना, मोबाइल लिएर बेहुली फरार, प्रहरीद्वारा खोजी



विवाहको रात बेहुला बेहुली बीच सुहागरात हुन्छ । दुवैले एकअर्कामा सर्मपित हुन्छन् । तर भारतको अजमेरको बिजयनगरमा भने विवाहको रात बेहुलीले बेहुला एक्लै छाडेर भागेकी छिन् । उनले केवल बेहुला मात्र छाडेर गइनन् साथमा सबै सुन, गरगहना चोरेर भागिन् ।

विवाहको रात सबै परिवारजन खाना खाएर सुतेका थिए । यता बेहुलीले सबै सुतेको मौका छोपेर बेहुलाको गहना, मोबाइल लिएर भागिन् । बेहुलीले बेहुलाको सबै गहना लिएर सुतेको बेहुला छाडेर फरार भएकी थिइन् । यस घटनाको खबर बेहुलाकी आमा राती करिब साढे १२ बजे उठ्दा ढोका खुल्ला देखेपछि मात्र सबैले चाल पाएका थिए ।

जयनगरका ताराचन्द मेवाडाले आफ्नो छोराको विवाह महाराष्ट्रको हिंगोली जिल्लाकी ति युवतीसँग तय भएको थियो । विवाह बेहुलीको फोटो हेरेर तय भएको थियो भने विवाहको प्रस्ताव अन्जान व्यक्तिले ल्याएका थिए । अहिले बेहुलाका पिताले बेहुलीसहित ८ जनाविरुद्ध मुद्धा दर्ता गराएका छन् । जसको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ७ : ३८ बजे