श्रावण २५, २०७९ बुधबार | Wed Aug 10 2022

चुट्किलाः हातै हाल्नुपर्छ ?



एकदिन जंगलको राजा सिंह पार्टीमा गएछ अनि त्यहाँ विदेशी रक्सी पिएर पूरै झ्याप तालमा घर फर्कंदै थियो…. त्यत्तिकैमा बाटोमा उसले बाघ भेटेछ त्यस बाघलाई बोलाउँदै—
सिंह: ओई बाघ यता आइजो ।
बाघ: डराउँदै आयो— हजुर महाराज ?
सिंह: मलाई चिनिस ?
बाघ: हजुर यस जंगलको राजा हजुर ।
सिंह: ल ठीक छ जा बचीस…।
सिंह: ओई स्याल यता आइजो ।
स्याल: डराउँदै आयो, हजुर महाराज ?
सिंह: मलाई चिनिस ?
स्याल: हजुर यस जंगलको राजा हजुर ।
सिंह: ल ठीक छ जा बचीस ।
सिंह: ओई भालु यता आइजो ।
भालु: डराउँदै आयो, हजुर महाराज ?
सिंह: मलाई चिनिस् ?
भालु: हजुर यस जंगलको राजा हजुर ।
सिंह: ल ठीक छ जा तँ पनि बचीस् ।
अलि टाढा पुगेपछि खोलामा एउटा हात्ती नुहाइरहेको थियो र हात्तीको नजिक पुगेपछि सिंहले सोधेछ—
सिंह: ओई सुँढे म को चिनिस् ? (हात्ती बोल्दैन)
सिंह: ओई खाते म को चिनिस ? (हात्ती बोल्दैन)
सिंह: ओई …..को वान म को चिनिस् ??
हात्तीलाई रिस उठ्छ अनि आफ्नो सुँडले सिंहलाई बेरी बाटोमा फ्याँक्छ …सिँह धुलाम्मे हुन्छ अनि धुलो टकटकाउँदै भन्छ—
सिंह: थाहा छैन भने थाहा छैन भन्न हातै हाल्नुपर्छ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ७ : ३४ बजे