असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

पारिवारिक सफलताका लागि श्रीमतीले ध्यान दिनुपर्ने कुरा



पतिलाई खुसी पारिराख्न तपाईंले सोचेभन्दा थोरै काम गरे पुग्छ ।

एक मुस्कान, एक चुम्बन र एक अँगालो उसले चाहेको बेलामा प्राप्त भए पनि खुशी भइहाल्छन् ।

तपाईंले थाहा पाइराख्नु पर्छ कि पत खुशी नभएसम्म तपाईं खुशी हुन सक्नुहुन्न । त्यसैले आफ्नो खुशीको लागि पतिलाई खुशी पार्ने कला प्रत्येक महिलाले सिक्नै पर्ने हुन्छ ।

तपाईंले यो पनि बिर्सनुहुँदैन कि पति उमेरले परिपक्व देखिए पनि ऊभित्र एउटा ‘बच्चा’ पनि हुन्छ जो घरीघरी फुर्कन्छ, फुर्कँदै रिसिन्छ । यो पनि सत्य हो कि तपाईं पतिलाई कुनै पनि हालतमा बदल्न सक्नुहुन्न, बरु उसको आनीबानी, मनोविज्ञान बुझेर आफै बदल्नु धेरै सजिलो छ ।

ऊ जहिले पनि मीठै खान खोज्छ । घर फर्कंदा सफासुग्घर देख्न चाहन्छ किनकि ऊ थाकेको हुन्छ ।

तपाईं जसरी सपिङको बारे बढी नै सोच्नुहुन्छ ऊ त्यसभन्दा बढी सम्भोगको बारे सोच्ने गर्छ, उसको सोचअनुसार भएन भने झगडा शुरु हुन्छ ।
साभार: ‘नव सफलता शास्त्र २’ पुस्तकबाट

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ७ : ०८ बजे