असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

रोयल च्यालेन्जर्स बैंगलोर आईपीएलकाे क्वालिफायरमा



बैंगलोर– रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

कोलकत्तामा बुधवार राति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोरले क्वालिफायरमा स्थान बनाएको हो

बैंगलोरले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन जोडेको थियो ।

अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ । लखनउ भने बाहिरिएको छ ।

राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । तर, प्रतियोगिताको नियम अनुसार राजस्थानले एलिमिनेटरको विजेतासँग खेल्ने मौका पाएको हो । गुजरात फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार  ६ : ०६ बजे