असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३३ जना घाइते



काठमाडौं – दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा ३३ जना घाइते भएको उद्धारमा खटिएकाले बताएका छन् । रातिको समय भएकोले उद्धारमा समस्या भएको बताइएको छ ।

दुर्घटना भएको स्थानमा उद्दारको लागि राकमबाट प्रहरी पुगिसकेको जनाइएको छ । अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ९ : ४० बजे