श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

बालेन र सुनितालाई करिश्माको बधाई, ‘लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ’



काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा नेकपा एमालेकी नेतृ करिस्मा मानन्धरले काठमाडौं महानगरपालिकामा मेयरमा विजयी बनेका बोलेन साह र उपमेयरमा विजयी बनेकी सुनिता डङ्गोललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् ।

बुधबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै बालेन र सुनितालाई बधाई दिएकी हुन् । उनले लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुने पनि बताएकी छिन् ।

जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको भन्दै त्यसको उदाहरण धरानका हर्क साम्पाङलाई दिएकी छिन् । उनले विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिने बताएकी छिन् ।

उनले लेखेकी छिन्लोकतन्त्रमा जनताको रोजाइ सर्वोच्च हुन्छ । जनतको मत तेता तर्फ आकर्षित हुन्छ जाँहा जनताले आफ्नो भविष्य सुनिश्चित देख्छन् ।काठमाडौ माहानगर वासी जनताको रोजाइ , हुनै लागेका नयाँ मेयर बालेन साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।हुनै लागेकी , उप- मेयर नेकपा एमाले कि नेत्री क. सुनिता डङ्गोललाइ बधाई तथा सफल कार्यकालको शुभकामना । मेरो बिचारमा सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो उर्जासिल प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्छ । युवाहरूले राष्ट्रिय राजनीतिमा चासो लिन थाल्नु सकारात्मक परिवर्तनको सुरुवात हो । सबै दलहरूको चुनावी प्रयास भनेकोआफ्ना नीति योजनाहरु जनता सामु पुर्याउनु र आफ्नो पार्टीलाई अत्याधिक मतले बिजयी बनाउनु नै हुन्छ । जनमतको क्रममा ठुला दल अत्यन्तै स्यानो भएर खुम्चिनु !

अनि सानो दल ठूलो जनमतले अचानक आगाडी आउने घटनालाई , जनताले लोकप्रिय र विकास् उन्मुख पार्टी रोजेछ भन्नसकिन्छ ।तर यो स्थानीय चुनावमा तेसो भएको होइन ।यो चुनावको परिणाम मिश्रित छ।पुरानो पार्टी नेपाली काङ्ग्रेस गठबंधन गरेर आंशिक रूपमा पहिलो , नेकपा एमाले एकलै भएपनी दोस्रो र गठबंधनका अन्य दल नेकपा माओवादी तेस्रो , नेकपा एस , र अन्य दल … जनताको चाहाना नयाँ उम्मेदवारहरु तर्फ झुकेको छ ।धरानमा हर्क साम्पाङले जित्नु ,विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिन्छ । हरेक पार्टिले यो सत्यलाई मनन् गर्नुपर्छ । म आफू पनि नेकपा एमालेको पक्षधर भएकोले केही मनमा लागेको कुरा राख्दै छु,यो एउटा नागरिकको हिसाबले सुझाव पनि राख्दै छु । किनभने नागरिकले निष्पक्ष विश्लेषण गर्दछ।

नयाँ सदस्य भएको कारण आन्तरिक कुरा कम थाहा हुनसक्छ !!तर पार्टीको गरिमा बढेको हेर्न चाहाने भएकोले र यो मुलुकको विकास गर्न एमाले पार्टी सक्षम भयेको आफ्नो विश्वासले अनि आफ्नो कार्यकालमा एमालेको सरकारले गरेको कामबाट प्रभावित भएर पार्टीमा आबद्ध भएको कारण यो कुरा राख्दै छु ।

पार्टीले गहन प्रकारले विगतमा भएका त्रुटी र अप्ठ्यारोमा गरिएको निर्णयबाट पार्टीलाई परेको असरको बारेमा निर्मम र निस्वार्थ समिक्षा गर्नुपर्छ होला र तेसलाइ सच्याएर अगाडि जानुपर्छ । किनभने विगतमा भएका घटनाक्रमले गर्दा लोकप्रियता र परिस्थिति निकै राम्रो हुदाहुदै पनि धेरै ठाउँमा आफ्नैहरुबाट अन्तरघातका कारण यथोचित सफलता हासिल गर्न सकिएन । धेरै नयाँ पुस्ताका अनुहारलाई अगाडि सार्नु पार्टीको सबल पक्ष रह्यो ।

मुख्य नेतृत्वले तल सम्मको स- साना कामकारबाहीमा थोरै भए पनि जानकारी लिनुपर्छ होला ! कतै कतै उमेदवारहरुको छनोट पो गलत भयो कि !! समय परिवर्तनशिल छ , हिजो जे थियो आज छैन ,आज जे छ भोलि हुदैन ।
तेसैले हिजोको एमालेलाई , आज र भोलि उस्तै सदाबाहार बनाउन हामिले आफुलाइ परिवर्तन गर्नुपर्छ ।आउदो मुख्य चुनावमा नेकपा एमालेलाई पहिलो नम्बरमा पुर्याउनु पर्छ । चुनावमा एमालेका नेताकार्यकर्ताले जुन उर्जाका साथ दिनरात नभनेर मेहनत गरेको देखे त्यसबाट धेरै कुरा सिक्ने मौका पाए ।बिजय हासिल गर्नुहुने सम्पूर्ण कमरेडहरुमा बधाई तथा सफल कार्यकालको शुभकामना ✊अन्त्यमा हामी जे गर्छौ राष्ट्रिय हितको लागि गर्छौ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ९ : २४ बजे