काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीनिकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेका छन् ।
बुधबार ३ वटै विद्यार्थी संगठने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समजावादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।
विद्यार्थी संगठनका नेताहरुले प्रण्ड र माधवलाई भेटेर पेट्रोलियम पदार्थको मुल्य वृद्वि तत्काल फिर्ता लिन र पेट्रोलियम पदार्थ लगाएको अनावश्यक कर मिनाहा गर्न माग राखेका छन् । यस्तै उनीहरुले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि टेलिफोनबाट यो माग राखेका छन् ।
प्रतिक्रिया