असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

सुपरहिरो फिल्म ‘थोर’ को ट्रेलर सार्वजनिक, लेडी थोर पनि देखिइन्



काठमाडौं – सुपरहिरो फिल्म ‘थोर : लभ एन्ड थन्डर’को ट्रेलर रिलिज भएको छ । अभिनेता क्रिस हेम्सवर्थको मूख्य अभिनय रहेको यस फिल्मको ट्रेलर मंगलबार युट्युबमा रिलिज भएको हो । फिल्ममा क्रिस थोरको भूमिकामा छन् ।

अब यस फिल्ममा नताली पोर्टम्यान पनि लेडी थोर को भूमिकामा देखिएकी छिन् । फिल्ममा क्रिस हेम्सवर्थ, नताली पोर्टम्यान, टेसा थम्पसन, ताइका वाटिटी लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलरमा भने हलिउड अभिनेता क्रिस्टिन बेललाई डरलाग्दो खलपात्रमा देखाइएको छ । ताइका वैतिटी द्वारा निर्देशित फिल्ममा असार २४ गते विश्वभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ८ : २३ बजे