श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

आफ्नो प्रस्तुति दिन भारत आउँदै जस्टिन बिबर



काठमाडौं । क्यानडाका चर्चित गायक जस्टिन बिबर भारत आउने भएका छन् । दिल्लीमा आयोजित एक कार्यक्रममा सहभागी हुन जस्टिन आउन लागेको भारतिय मिडियामा जनाइएको छ ।

उनले उक्त कार्यक्रममा आफ्नो प्रस्तुति देखाउनेछन् । दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा हुने कार्यक्रमका लागि उनी यही वर्षको अक्टोबर १८ तारिखमा दिल्ली आउने भएका हुन् । यसका लागि जुन ४ देखि ‘बुकमाईशो’मा टिकट बिक्री खुला पनि गरिएको छ ।

जस्टिसले ताजमहल र राजस्थान भ्रमण गर्ने पनि बताइएको छ । उनले भारत मात्र नभई अन्य धेरै देशमा पुगेर आफ्नो प्रस्तुति दिने तयारीमा छन् । उनको यो दोस्रो टुर रहनेछ । यसअघि उनी २०१६–२०१७ को ‘पर्पस वर्ल्ड टुर’ गरेका थिए ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ७ : २७ बजे