श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

दयाहाङ र सौगात अभिनित फिल्म ‘कबड्डी ४’ भारतका १५ सहरमा रिलिज हुने



काठमाडौं – अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कबड्डी ४’ भारतमा पनि रिलिज हुने भएको छ । रामबाबु गुरुङले निर्देशनमा तयार भएको यस फिल्मलाई भारतका १४ शहरमा रिलिज गरिने भएको हो ।

मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा कबड्डी ४ भारतका १४ शहरमा रिलिज गर्ने निर्णय गरिएको हो ।

यस फिल्म निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ३ : ३१ बजे