असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

कर्णालीकै पहिलो गुरुकूलकाे वेवास्ता



मानबहादुर बिश्वकर्मा/कालिकोट– गुरुकुल शिक्षालाई निरन्तरता दिन कालीकोट जिल्लाको मान्मा मा स्थापना गरिएको गुरुकुल सञ्चालन गर्न समस्या भएको छ । सरोकारवालाको चासो र सहयोग नहुँदा यो गुरुकुल दयनीय अवस्थामा पुगेको हो ।

२०७० सालमा लगाइएको महायज्ञमा उठेको ३२ लाख रकममा दाताको केही रकम थप गरि खोलिएको गुरुकुल अलपत्र जस्तै भएको हो । जिल्लाको खाँडाचक्र नगरपालीको मान्मा नै स्थापना भएको भए पनि सम्वन्धित निकायको नजरबाट ओझेलमा परेको गुरुकुल अवस्था अहिले निकै दयनीय भएको हो ।

पिउने पानीको समेत अभाव रहेको विद्यालयमा अहिले फोहोर र छाडा चौपाया समेत छोड्ने गरिएको छ । स्थापनाकालमा कक्षा १ स्विकृत गरी शुरु गरिएको गुरुकुलमा अहिले ६ कक्षासम्म अध्ययन हुने भएपनि समस्याहरु जस्ताको त्यस्तै रहेको विद्यार्थी यन्जल कार्की बताउँछन् ।

विद्यालयलाई सबैले हेलाँ गर्नाले पढाइमा धेरै नै समस्या हुने गरेको अर्का विद्यार्थी सुस्मिता बुढाको पीडा छ ।

अहिले कक्षा ६ सम्म सञ्चालन गरिएको गुरुकुलमा कार्यरत ६ जना शिक्षिकाले ३ वर्षदेखि न्युन पारिश्रमिकमा अध्यापन गराइहेका छन । सरोकारवालाले ध्यान नदिंदा गुरुकुलको अवस्था निकै नाजुक छ । आफुहरुले बारम्वार सम्वन्धित निकायमा जानकारी गराउँदा पनि वेवास्ता गरेको प्रधानाध्यापक सशी चौलागाईं बताउँछन् ।

साविकको कर्णाली अञ्चलकै पहिलो र १ मात्रै गुरुकुल स्कुल भए पनि जानकारवालाहरुको नै स्कुल प्रति हेर्ने दृस्टिकोण फरक भएको रहेको छ । आफु कुनै पार्टीमा आस्थावान नभएकै कारण आफ्नो कुरा कसैले नसुनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयचन्द्र अधिकारीले बताए ।

शिक्षा मन्त्रालयले गुरुकुल शिक्षालाई मूल प्रवाहमा ल्याएको छ । खाँडाचक्र नगरकार्यपालिकाले पनि आउने शैक्षिक सत्रदेखि विद्यालयको स्तरझन्नति गर्ने निर्णय गरि नगरसभावाट थप वजेट ब्यवस्थापन गर्ने सोच बनाएको र अव गुरुकुलका लागि खाँडाचक्र नगरपालीकाबाट सक्दो सहयोग गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । खाँडाचक्र नगरपालिकाकाका शिक्षा शाखा प्रमुख जसिप्रसाद चौलागाँई सरोकारवालाले ध्यान नदिंदा यसको स्तरोन्नति नभएको स्विकार गर्दै संघीय सरकारवाट वजेटको माग गरेको वताउँछन् ।

२००२ सालमा पद्मसमशेर प्रधानमन्त्री भएपछि कमजोर हुंदै गएको गुरुकुल शिक्षा ५० को दशकदेखि क्रमशः कछुवा गतिमा अगाडि बढ्दै गएको छ । बालकहरूले त्यहाँ निशुल्क शिक्षा प्राप्त गर्दछन् । त्यहाँ धनी–गरीव, उच–नीच, महिला–पुरुषको कुनै भेदभाव रहँदैन । यसरी सबैले शिक्षाको समान अवसर पाउनु पनि गुरुकुल शिक्षाको एउटा विशेषता हो । यस प्रणालीमा गुरुकुलीन शिक्षाका साथसाथ आधुनिक शिक्षा पनि दिन सकिने हुँदा यसको उद्देश्य पवित्र, गहन, व्यापक एवं सर्वतोमुखी हुनु अत्यावश्यक देखिन्छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ३ : ११ बजे