काठमाडौँ– बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलमा आवद्ध सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीलाई तत्काल राजिनामा दिन निर्देशन दिएको छ ।
नवनिर्वाचित मेयर दिपेश थारूले सूचना जारी गरि विभिन्न राजनीतिक दलको कार्यकारिणी पदमा रहि विद्यालयमा पठनपाठन प्रभावित गराउने शिक्षक तथा कर्मचारीलाई तत्काल राजिनामा दिन निर्देशन दिएका हुन् ।
सूचनामा उनीहरूलाई राजिनामा गर्न लगाइ त्यसको जानकारी नगरपालिकालाई गराउन पनि नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया