असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान



मोरङ– प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  १० : ४७ बजे