असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

दिनभरी नरोई शान्त बसे १० रुपैँया बोनस पाउने ६ वर्षीय छोरा र आमाबीच सहमति



घरका साना बालबालिकाहरु झगडा गर्ने, कराउने र रुने गर्दा दिनभरी घरको माहौल नै बिग्रिन्छ । यसले घरका अन्य परिवारको तुलनामा आमाहरु बढि प्रभावित हुने गरेका छन् । यस्तोमा बच्चालाई चुप लगाउन एक आमाले अपनाएको तरिका अहिले विश्वभर भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा एक टाइम टेबल भाइरल बनेको छ । जसलाई ६ वर्षको एक बच्चा र उसकी आमाले सहमतिका साथ तयार पारेका छन् । रोचक त के छ भने सो टाइम टेबलमा बच्चाले दिनभरी शान्तपुर्वक झगडा नगरी नरोई बसे उसले बोनस समेत पाउने उल्लेख छ । यस अलावा कुन समयमा के के गर्ने लगायतका कामहरु सो टेबलमा उल्लेख छन् ।

टाइम टेबलमा बिहान ८ बजेसम्ममा उठ्ने, ब्रश गर्ने, खाजा खाना खाने, टिभि हेर्ने, फल खाने, खेल्ने, दूध पिउने, होमवर्क गर्ने, सफाई गर्नेदेखि सुत्ने समय समेत निर्धारण गरीएको छ । साथै दिनभर नरोई, शान्तपुर्वक झगडा नगरी बसे दिनको १० रुपैँया र लगातार एक हप्ता सो नियम पालना भए एकमुष्ट १ सय दिने उल्लेख छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ९ : ५० बजे