काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) को जित सुनिश्चित भएको छ ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार ११० मतान्तरले अगाडि रहेका साह जित नजिक पुगेका हुन् । अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा सिंहले आफ्नो हार स्वीकार गरेकी छन्।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका साह धेरै मतान्तरका साथ काठमाडौँको मेयर पदमा विजयी हुने पक्का भएको हो ।
जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा साहले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया