असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

यस्ता मानिसलाई लामखुट्टेले खोजीखोजी टोक्छ



गर्मी मौसममा लामखुट्टेको टोकाई सबैभन्दा पीडादायी हुन्छ । त्यसैले पनि यो मौसम धेरैका लागि अप्रिय बन्ने गरेको छ । तर कतिपयले ध्यान दिनु भएको छ छैन, केही मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्दछ । तर किन होला ?

यस्ता मानिसलाई लामखुट्टे बढी टोक्दछ :
क) खाल्डा र झाडी
लामखुट्टे कुनै खाल्डो, झाडी वरिपरि हुर्कने गर्छन् । उनीहरु गन्ध र दृष्टिको संयोजनको प्रयोग गर्छन् । त्यसकारण घर आसपासका खाल्डा र झाडी पुर्नु पर्दछ ।

ख) मेटाबोलिक रेट :
मेटाबोलिकले शरीरद्वारा उत्सर्जन गरिएको कार्बन डाइअक्साइडलाई निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्ध लामखुट्टेलाई तीब्र रुपमा आकर्षित गर्छ ।

ग) छालाको ब्याक्टेरिया :
छालामा विभिन्न प्रकारको ब्याक्टेरिया लुकेका हुन्छन् । यसले लामखुट्टेलाई आमन्त्रण गर्दछ । लामखुट्टेलाई छालामा रहेका विभिन्न ब्याक्टेरियाको गन्धले तान्दछ ।

घ) रक्त समूह :
विभिन्न अनुसन्धान अनुसार ‘ओ’ रक्त समूह भएका मानिसलाई लामखुट्टेले बढी टोक्दछ । ‘ए’ रक्त समूह भएका मानिसहरुलाई पनि लामखुट्टेले टोक्ने संभावना बढी हुन्छ ।

ङ) हल्का रङका कपडा :
यसबाट बच्नका लागि सकेसम्म हल्का रङको कपडा लगाएर बाहिर निस्कनुहोस् ।

च) ननुहाउँदा :
लामखुट्टेलाई पसिना र ल्याक्टिक एसिड मनपर्छ । त्यसैले शरिरमा आएका पसिनाले लामखुट्टे आर्कषित गर्दछ । त्यसैले नियमित नुहाउने गर्नु पर्दछ ।

छ) बियर नपिउने
लामखुट्टेलाई बियर पिउनेको रगत निकै मनपर्छ । त्यसैले बियर पिउने मानिसलाई लामखुट्टेले खोजीखोजी टोक्दछ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ७ : ४४ बजे