असार १६, २०७९ बिहीबार | Thu Jun 30 2022

अमेरिकाको टेक्सासस्थित एक विद्यालयमा गोली चल्दा २१ जनाको मृत्यु



काठमाडौँ– अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ जना बालबालिकाका साथै ३ जना बयस्क रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल र राइफल प्रयोग गरेको हुनसक्ने बताएका छन्।

अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । प्रहरीको कारबाहीमा उनको पनि मृत्यु भएको समाचारमा जनाइएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए।

उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ६ : २१ बजे