असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

आजै पर्सबाट निकाल्नुहोस् यी सामान



वास्तुशास्त्रमा पैसा राख्न प्रयोग गरीने पर्सका बिषयमा समेत महत्वपूर्ण नियम बताइएको छ । यदि वास्तुका ति नियमको पालना नगरे पर्स धन हानिको कारण बन्ने मान्यता छ । के के हुन् ति गल्ती ?

– पर्स वा पैसा बोक्ने झोला कहिल्यै फाटेको हुनु हुदैँन । साथै यो फोहोर पनि राख्नु हुदैँन ।

– यदि पर्स खराब भयो भने त्यसलाई तुरुन्तै बदल्नु पर्दछ । फाटेको पर्सले साथमा भएको पैसा पनि खर्च हुने वास्तुको मान्यता छ ।

– पर्समा कहिल्यै नोट वा बाँकी चीजलाई खाँदेर राख्नु हुदैँन । हरेक नोट वा कागज व्यवस्थित राख्नु पर्दछ । पर्समा तोडमोड गरेर नोट राखे धनकी देवी माता लक्ष्मी निराश हुने मान्यता छ ।

– पर्समा कहिल्यै पुराना बिल, उपयोगविहिन कागज, राख्नु हुदैँन । यसले नकारात्मकता बढाउने र नोक्सानी हुने मान्यता छ ।

– पर्समा कहिल्यै चाबी वा तिखा चिज राख्नु हुदैँन । यसले खर्च बढाउने मान्यता छ । साथै सकेसम्म फलामका सामान राख्नु हुदैँन ।

– पर्समा भगवानको फोटो राख्नु पनि उपयुक्त मानिदैँन । यसो गर्दा देवी–देवताको अपमान हुने मान्यता छ ।

– पर्समा सुकेको फूल लगायतका सामान राख्नु पनि उपयुक्त मानिदैँन । यसले घरमा नकारात्मकता भित्र्याउने मान्यता छ ।

प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार  ६ : ०६ बजे