श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

थप १६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ – नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९८ पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ सय २२ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मंगलबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार  ५ : २५ बजे