असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

कस्ता महिलाले ३ महिने डिपो सुई लगाउन मिल्छ ?



तीन महिने डिपो सुई परिवार नियोजनको अस्थायी साधन हो । यो सुई महिलाले गर्भवती हुनबाट बच्न हरेक ३–३ महिनामा लगाउनु पर्छ ।

एक पटक डिपो लगाएपछि ३ महिनासम्म गर्भ रहँदैन । नियमित रुपमा डिपो सुई लगाएमा ज्यादै प्रभावकारी हुन्छ । तर सुई लगाउँदा शुरुमा केहि लक्षण भने देखिन सक्छ ।

सुई लगाएपछि यस्ता असर देखिन सक्छ :
– शुरु शुरुमा महिनावारी गडबड हुने
– महिनावारी नियमित नहुने र महिनावारी नै नहुने
– महिनावारी बाहेक अन्य समयमा पनि रगतका थोपा देखा पर्न सक्ने ।
– शरीरको तौल बढ्न सक्ने ।
– टाउको दुख्न सक्ने ।
– वाकवाक लाग्न सक्ने ।

यी असरहरू सबै महिलालाई देखिँदैन । सबै असर वा लक्षण एकै जनामा पनि देखिँदैन । डिपो लगाइसके पछि देखा परेका असरहरु आफै नहराएमा वा गाह्रो भएमा तुरुन्तै अस्पताल जानु पर्दछ । यस्तै सुई लगाउन बन्द गरेपछि सामान्यतः प्रजनन् क्षमता पुनः फर्किन केही समय सामान्यतया १० महिना लाग्न सक्छ । डिपो सुईको प्रयोगले एचआईभी र यौन रोग सर्नबाट बचाउँदैन । यसकालागी कण्डमको प्रयोग गर्नुपर्छ ।

कस्ता महिलाले डिपो लगाउन मिल्छ ?
– केही समय अन्तरालमा बच्चा जन्माउने रहर भए ।
– बच्चा पाइसकेको ६ हप्ता भए ।
– स्तनपान गराइरहेको अवस्थामा ।

डिपो कसले लगाउन मिल्दैन ?
– गर्भवती ।
– स्तनमा गाँठागुठी वा गिर्खा देखिएका महिला ।
– स्तनमा क्यान्सरको शंका लागेका व्यक्ति ।
– कमलपित्त (जन्डिस) भएका महिला ।
– उच्च रक्तचाप भएका महिला ।
– आधा टाउको दुख्ने समस्या (माइग्रेन) भएका महिला ।
– मधुमेह (चिनी) रोग भएका महिला ।
– महिनावारीको बीचमा रगत जाने समस्या भएका महिला ।

प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार  १० : ०६ बजे