वृद्ध तथा अग्रज व्यक्तिहरुबाट थालमा तीन वटा रोटी पस्किनु हुदैँन भनेको सुन्नु भएको होला । यो मान्यता वर्षौंदेखि चलिआएको छ । तर यो मान्यता किन रह्यो भन्ने जानकारी नहुन सक्छ ।
ज्योतिष शास्त्रमा ३ लाई राम्रो अंक मानिदैन । मान्यता अनुसार मृतकलाई पस्किएको थालमा मात्र ३ को संख्या रोटी राखिन्छ । त्यसैले जीवित व्यक्तिको थालीमा ३ रोटी राख्नु शुभ मानिदैन । मान्यता अनुसार, ३ अंक पूजापाठ वा आम जीवनबाट टाढा हुनु पर्दछ । अन्यथा यसलाई अशुभ मानिन्छ ।
रोटी मात्र होइन हिन्दु परम्परामा खानासंग जोडिएका अन्य धेरै मान्यताहरु प्रचलनमा छन् । त्यस मध्ये कतिपयमा वैज्ञानिक आधार भेटिन्छ भने केहीमा भेटिदैन । ३ वटा रोटी पस्किने कुरामा पनि कुनै वैज्ञानिक आधार भेटिएको छैन ।
प्रतिक्रिया