काठमाडौँ – नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १६ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया