श्रावण २८, २०७९ शनिबार | Sat Aug 13 2022

चुट्किला – हँसियाभन्दा सिधा श्रीमान



पुर्ने (लब्ठेरो) छोरो पाएको १५ दिनमा विदेश गयो । पाँच वर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न अवस्थामा रोइरहेकी देख्यो ।

पुर्ने : के भो कोपिला ?

कोपिला : मलाई हर्ट अट्याक भयो, ऐया…।

पुर्ने : हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्न मात्र के लागेको हुन्छ—
५ वर्षको उसको छोरो मन्जिल आएर भन्यो—

मञ्जिल : बाबा बाबा, सपन अंकल पल्लो कोठामा लुकेर कपडा लगाउँदै हुनुहुन्छ ।

ऊ फोन भुइँमा राखेर दौडँदै श्रीमती भए ठाउँ पुग्यो, हेर्‍यो र अर्को कोठामा पुग्यो । नभन्दै त्यहाँ उसैको मित्र सपन पनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो ।

पुर्ने : (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् ? उता मेरी श्रीमतीलाई हर्ट अट्याक भइरहेको छ । तँ भने कुनै सहयोग नगरेर केटाकेटीजस्तो कोठामा नाङ्गै खेलेर बसेको छस्…. जा … एम्बुलेन्स बोलाएर लिएर आइज !

साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : जेठ ९, २०७९ सोमबार  १२ : १७ बजे