असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

तपाईंलाई कति प्रोटिन आवश्यक छ ? थाहा पाउनुहोस्



अहिले कतिपयले प्रोटिन बार, प्रोटिन शेक र प्रोटिन बल्स खान्छन् । यद्यपी, आफूलाई कति प्रोटिन चाहिँन्छ भन्ने धेरैलाई थाहा छैन । कस्तो तरिकाले प्रोटिन खाने ? कति कम वा बढी प्रोटिन शरीरका लागि आवश्यक छ ? भन्ने नजान्दा धेरैले शरिरमा हानी पारिरहेका छन् ।

प्रोटिन शरीरको विकास र मर्मतकालागि आवश्यक छ । तर अत्याधिक प्रोटिन भएका उत्पादन शरीरका लागि हानिकारक भएको जानकारहरु बताउँछन् । प्रोटिनयुक्त खानेकुरा जस्तै दुग्ध पदार्थ, मासु, अण्डा, माछा र दालहरु चाहिँ शरीर बनाउन आवश्यक छ ।

कति प्रोटिन खाने ?

वयस्क व्यक्तिले जो धेरै भागदौडयुक्त वा मेहनतको काम गर्दैनन् भने उनीहरुले शरीरको प्रति किलो तौलका लागि ०.७५ ग्राम प्रोटिन दैनिक आवश्यक छ ।

औसतमा पुरुषका लागि ५५ ग्राम र महिलाका लागि ४५ ग्राम प्रोटिन दैनिक आवश्यक पर्छ । अर्थात्, थोरै मासु, माछा, तोफु, बदाम वा दाल खाँदा दैनिकको प्रोटिनको आवश्यकता पूरा हुन्छ ।

प्रकाशित मिति : जेठ ९, २०७९ सोमबार  ११ : ०४ बजे