असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कुन राशिका व्यक्तिले कति मुखे रुद्राक्ष लगाउने ?



भगवान शिवको कृपा पाउने विश्वासमा रुद्राक्ष धारण गरीन्छ । हिन्दु धार्मिक मान्यता अनुसार रुद्राक्षको विशेष महत्व छ । अझ राशिका हिसाबले रुद्राक्ष धारण गर्ने हो भने बढि फल प्राप्त हुने मान्यता छ । यस्तोमा कुन राशिका व्यक्तिले कति मुखे रुद्राक्ष लगाउने त ?

मेष राशि
मेष राशिका व्यक्तिले एक मुखे रुद्राक्ष धारण गर्नुपर्ने मान्यता छ । यस अलावा ३ मुखे वा ५ मुखे रुद्राक्ष धारण गर्नु पनि शुभ मानिन्छ ।

वृष राशि
वृष राशिका जातकले ४ मुखे, ६ मुखे र १४ मुखे रुद्राक्ष धारण गरे जीवनमा शुभ फल प्राप्त गर्ने मान्यता छ ।

मिथुन राशि
मान्यता अनुसार मिथुन राशिका जातकले रुद्राक्षको प्राण–प्रतिष्ठा गरी ४, ५ वा १३ मुखे रूद्राक्ष धारण गरे सौभाग्य प्राप्ति हुन्छ ।

कर्कट राशि
ज्योतिष शास्त्र अनुसार कर्कट राशिका व्यक्तिले ३, ५ वा गौरीशंकर रुद्रक्ष धारण गरे विशेष लाभ पाउँछन् ।

सिंह राशि
यस राशिका जातकले १ मुखे, ३ वा ५ मुखे रुद्राक्ष धारण गरे शुभ फल पाउने मान्यता छ ।

कन्या राशि
यस राशिका जातकले भगवान शिवको कृपा पाउन ४, ५ वा १३ मुखे रुद्राक्ष धारण गर्नुपर्ने मान्यता छ ।

तुला राशि
यस राशिका जातकले ४, ६ वा १४ मुखे रुद्राक्ष पहिरीनु शुभ मानिन्छ ।

वृश्चिक राशि

जीवनमा सुख–समृद्धि पाउन वृश्चिक राशिका जातकले ३, ५ वा गौरीशंकर रुद्राक्ष धारण गर्नु शुभ मानिन्छ ।

धनु राशि
एक मुखे, ३ वा ५ मुखे रुद्राक्ष धारण गर्दा धनु राशिका जातकले शुभ फल पाउँछन् ।

मकर राशि
मकर राशिका जातकले ४, ६ वा १४ मुखे रुद्राक्ष धारण गरे भगवान शिवको कृपा पाउने मान्यता छ ।

कुम्भ राशि
मकर राशि झै कुम्भ राशिका जातकले ४, ६ वा १४ मुख रूद्राक्ष धारण गर्दा शुभ हुन्छ ।

मीन राशि
यस राशिका जातकले ३, ५ वा गौरीशंकर रुद्राक्ष धारण गरे जीवनमा सुख–शांति पाउने मान्यता छ ।

प्रकाशित मिति : जेठ ९, २०७९ सोमबार  ८ : ४५ बजे