असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

भीम रावलको वडामा एमाले पराजित



काठमाडौं – अछामको साँफेबगरमा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका नेता भीम रावलको वडा रहेको साँफेबगर नगरपालिका–६ मा एमाले नै पराजित भएको हो । साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार मीन बहादुर बोहरा विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट र स्वतन्त्रबाट बोहराको समान २२६ मत आएपछि गोला प्रथा गरिएको थियो । गोला प्रथा गर्दा स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  १० : २१ बजे