असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

ललितपुरमा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता



ललितपुर – ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।

पछिल्लो विवरणअनुसार, नेपाली कांग्रेसका उम्मेदवार महर्जनले ३५ हजार ३७४ र उनी निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ९ : ५२ बजे