असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने ग्यास २ सय रुपैयाँले बढ्यो



काठमाडौँ – पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढेको छ । आइतबार नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

पेट्रोल र डिजलको मूल्य बढेसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल , मट्टितेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । निगमले यो मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने बताएको छ ।

यस्तै खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढ्दै एक सिलिण्डरकै १८ सय रुपैया कायम भएको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ९ : ०४ बजे