असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

कपिलवस्तुको शुद्धोधनमा लोसपा विजयी



चन्द्रौटा – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित भएका छन् ।

चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गरे ।

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ८ : ३३ बजे