असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

साउथ फिल्मका चेपुवामा परेको बलिउड उकासिदै, ‘भूल भूलैया-२’ को दुई दिनको कमाई धमाकेदार



काठमाडौं – पछिल्ला समय बलिउड फिल्महरुको व्यापार सुधार हुँदै गइरहेको छ । कोरोना महामारीपछि साउथ फिल्मले ओगटेपछि बलिउड उकासिन सकेको थिएन । तर अहिले भने बलिउड फिल्मले पनि राम्रो व्यापा गर्न थालेका छन् ।

‘जर्सी’, ‘हिरोपन्थी २’ लगायतका फिल्महरुले खासै राम्रो व्यापार गर्न सकेनन् । यी फिल्म साउथ फिल्मकै चेपुवामा परे । शुक्रवार रिलिज भएको फिल्म ‘भूल भूलैया २’ ले भने बलिउडमा अहिले धमाका मच्चाएको छ ।

हरर(कमेडी जनराको यो फिल्मले पहिलो दिन १४ करोड ११ लाख कमायो भने आइतवार विदाको दिन १८ करोड ३४ लाखको कमाई गर्यो । यस फिल्मले २ दिनमा ३४ करोड ४५ लाख कमाई गर्न सफल भएको छ ।

फिल्ममा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कियारा आडवाणीको मूख्य अभिनय रहेको छ । यो फिल्म कार्तिकको करिअरकै सबैभन्दा ठूलो ओपनर फिल्म पनि बनेको छ ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ८ : २२ बजे