असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व छ – ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्युटावरको छुट्टै महत्व रहेको बताएका छन् । आइतबार काठमाडौंमा कवि मिना श्रेष्ठको कविता संग्रह ‘फर्गेट एस्टर्डे’ विमोचन गर्दै अध्यक्ष ओलीले सो कुरा गरेका हुन् ।

उनले भ्युटावरको टुप्पोमा धान चामल नफल्ने भएपनि छुट्टै महत्व रहेको बताए । एउटा दलको घोषणापत्रमा नै भ्युटावर नवनाउने घोषणा गरेको भन्दै ओलीले बिश्वमा नै भ्युटावरको छुट्टै महत्व रहेका पुष्टि भएको जिकिर गरे । उनले नेपालीहरू जातैले कवि भएको भन्दै हरेक नेपालीको नामको पछाडि ’कवि’ लेखिदिए हुने धारणा राखे ।

काव्यको रचना‚ छन्दको रचना धेरै पहिलादेखि नै नेपालकै भूमिमा हुने गरेको सुन्दा खुसी लाग्ने उनको भनाई छ । ओलीले हतियारको बाण भन्दा शव्दको बाणमा धेरै गहिराई हुने भएकाले कविता, मुक्तकहरुको छुट्टै अर्थ रहेको बताए । उनले कवित्व भन्ने भाव यस धर्तिमा हजारौं वर्षअघि नै रहेको पनि बताए।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ७ : ०३ बजे