असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

सप्तरीको रुपनीमा लोसपाले जसपालाई हरायो



काठमाडौं – सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दिनेशकुमार यादव विजयी भएका छन् । यादवले ४ हजार २ सय ६९ मत ल्याउँदै जनता समाजवादी पार्टी (जसपा) का हरेराम यादवलाई पराजित गरे ।

निवर्तमान अध्यक्ष समेत रहेका हरेरामले भने ३ हजार ८ सय ३५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा पनि लोसपाकी पुष्पाकुमारी श्रेष्ठ विजयी भएकी छिन् ।

उनले ३ हजार ७ सय १० मत ल्याएकी छिन् भने जसपाकी बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ६ : ३९ बजे