असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

भरतपुरमा ९८ हजार ६ मत गणना, माओवादीकी रेनुको साढे ८ हजारको अग्रता



काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । जम्मा एक लाख २७ हजार ८३९ मत खसेकामा अहिलेसम्म ९८ हजार ६ मत गणना गरिसकिएको छ।

अहिले भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार नेकपा माओवादीकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गरेकी छन् ।

माओवादीकी दाहालको अहिले ३८ हजार ६५५ मत रहेको छ। यस्तै उनलाई पछ्याउँदै एमालेका विजय सुवेदीको ३० हजार १६१ मत रहेको छ । यस्तै भुईकटहर लिएर स्वतन्त्रमा उठेका जगन्नाथ पौडेललको १२ हजार ६४१ मत रहेको छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९ सय मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङले २३ हजार ८ सय ७३ मत ल्याएकी छन् ।

प्रकाशित मिति : जेठ ८, २०७९ आइतबार  ६ : २५ बजे